कृषिको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उद्यस्यले सुरु गरिएको ” राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान ” नेपालको अन्तरराष्ट्रिय शाखा इजरायलको संयोजकमा गणेश गिरीलाई चयन गरिएको छ ।

गैर आबासीय नेपाली संघ इजरायलका अध्यक्ष रहेका गिरीको सन्योजकत्वमा कल्पना देबकोटा उपसंयोजक, लक्ष्मी भट्टराई सचिब र सदस्यहरुमा मीना राई , निशा न्यौपाने राजु श्रेष्ठ , संयोग छेत्री, निरन्जन घिमिरे , तेन्डु शेर्पा , खगेन्द्र कोइराला , पाशिमा शेर्पा रमेश जोशी , श्याम थापा सीता बिष्ट र गुराश राई रहेको इजरायल अभियान टिम बनाइएको छ । अभियानको आर्थिक बिभागमा बिकास घिमिरे र सुनिता गुरुङ हुनुहुन्छ भने सल्लाहकारमा कृष्ण रायमाझी र बिशाल ज्ञवाली रहनु भएकोछ ।
किसानहरूको सामूहिक संगठन बनाई सामूहिक खेतीमा लाग्न प्रेरित गर्ने र सामूहिक खेतीबाट उत्पादित खाद्यान्नलाई अभियानको कम्पनी ” उर्वर नेपाल पब्लिक कम्पनी ” मार्फत बजारीकरण गर्ने उद्देश्यका साथ यो अभियान अगाडि बढिरहेको छ ।

अभियानले कृषकहरूलाई प्राविधिक सहायता, मल, बिउका साथै कृषिविज्ञ मार्फत किसानलाई आवश्यक पर्ने राय सल्लाह सुझाव दिएर अहिले उत्पादन गरेभन्दा कैयौं गुणा बढी उत्पादन गर्न सघाउने र उत्पादित वस्तुलाई कम्पनी मार्फत उपभोक्ताका घरघरमा पुर्याउने उद्देश्य बोकेको छ । पाँच वर्षभित्र नेपाल राष्ट्रलाई आर्थिक रूपमा र कृषिमा आत्मनिर्भर बनाउने उद्देस्यले यो अभियान सुरु गरिएको छ ।


इजरायलले कृषिमा विश्वलाई स्वाबलम्बी र आत्मनिर्भर बन्न सिकाएकोले त्यंहाको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न सघाउने इजरायल समितिको मुख्य उद्द्यस्य रहेको संयोजक गणेश गिरीले बताउनु भएकोछ । बिदेशमा पसिना बेचेर आर्जन गरेको पैसा कृषि प्रधान देश भनेर चिनिएको नेपालमा कृषि क्रान्तिमा प्रयोग गर्न सकिएमा नेपाली हुनुको कर्तब्य र इच्क्षा पुरा हुने यो अभियानमा लागेका इजरायलका नेपालीहरुले लिएका छन ।


सुदर्शन बिक्रम कार्की, नेपाल संयोजक रहेको अभियानमा राजन प्रसाद पोख्रेल, डा. अल्का मजगैया, उत्सव ढकाल, डा. निरञ्जन रिजाल, सुनिता कार्की, थानेश्वर उपाध्याय, प्राञ्जल रिजाल लगायतका कृषि अभियान्ता र बिशेषज्ञहरु सम्मिलित हुनु हुन्छ ।

अभियानले बिदेशमा रहेका नेपालीहरुलाई देशको अर्थतन्त्र र कृषिसँग जोडने अभियानमा विश्वमा छरिएर रहेका नेपालीहरुलाई पनि सहभागि गराउने बताएकोछ ।