कोरोना पीडितको राहतका लागि जनसंपर्क समिति साइप्रसको आर्थिक सहयोग

0

नेपाली जनसम्पर्क समिति साइप्रसले नेपालमा कोरोना पीडित बिरामीहरुको उपचारका लागि आबस्यक सामाग्रीका लागि आर्थिक सहयोग गरेको छ । समितिले कुल ५ लाख ४१ ह्जार ६ सय ६८ रुपैया सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको खातामा जम्मा गरेको जानकारी गराएको छ ।
मातृभूमिलाई सहयोग गर्ने उद्धेश्यले समितिका सभापति सीता अर्यालको सम्योजक्त्वमा समिति गठन गरिएको थियो । समितिले एक हप्ताको समयमा नै आर्थिक सहयोग जुटाएर केन्द्रीय कार्यालयको खातामा जम्मा गरेको हो । अभियानमा धेरैले सहयोग गरेको र सहयोग रकम वास्तविक पीडितको उपचारमा खर्च गरिनेछ ।

‘सानो रकम भएपनि हामीले पीडितको उपचारका लागि पठाउन सकेका छौं, समितिले भनेको छ । ‘सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दै भबिस्यमा पनि आबस्यक पर्दा सबै एकजुट भएर मातृभूमीका लागि सकेको सहयोग गरिनेछ ।

कांग्रेस केन्द्रीय कार्यालयले विदेशस्थित सबैजसो जनसम्पर्क समितिहरुलाई कोरोना महामारीका बेला सहयोग गर्न निर्देशन दिएलगत्तै आफुहरुले अभियानलाई निरन्तरता दिएको सभापति सीता अर्यालको भनाई छ । उनले आगामी दिनमा पनि मातृभूमिलाई परेको पिडामा मल्हम लगाउने प्रतिबद्धता जनाएकी छिन ।

अभियानको छोटो समयमा नै उत्साहजनक रुपमा सहयोगी हातहरुले सहयोग गरेको समितिकि कोषाध्यक्ष लक्ष्मीता गुरुङले जानकारी दिएकि छ्न । उनका अनुसार अभियानबाट ३ ह्जार ८ सय ५१ युरो रकम संकलन भएको हो । उक्त रकम आइतबार र मगलबार गरि दुई छुट्टाछुट्टै समयमा पठाइएको छ ।

केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार समितिका उपसभापति कर्चुङ लामा ह्योल्मो महामन्त्री कुमार सिह ,कार्य समिति सदस्य तथा समन्वय बिभाग प्रमुख राम सुन्दर यादब , सहमाहामन्त्री पेम्बा ओमु लामा , सहमाहामन्त्री लक्ष्मि काफ्ले , निकोसिया क्षेत्रीय समिति सम्योजक तारा पौडेल , सहसचिब रमेश बजगाइ, प्रबिन किसोर धामी , पापोस क्षेत्रीय समिति सचिब बिबेक नेपाल , पापोस क्षेत्रीय समिति सम्योजक सैलेन्द्र सिग्देल , लिमासोल क्षेत्रीय सम्योजक उर्मिला भट्टराई ठकुरी , सचिब सुबास भण्डारी , लारनका क्षेत्रीय सम्योजक मनिसा राई कार्की , महिला बिभाग समिति सदस्य सलिना चापागाईं, सचिब अभय आचार्य, बिन्दु दुलाल लगायत सम्पुर्णले रकम सन्कलनमा सहयोग गरेका थिए । जनसंपर्क समिति साइप्रसले कार्यसमिति सदस्यहरु र अभियानमा छोटो समयको छ्लफलमा पनि साइप्रस स्थिति ह्योल्मो युनिटिले सहकार्य गरेकोमा धन्यवाद ब्यक्त गरेको छ ।


जनसम्पर्क समिति साइप्रसले यसअघि पनि मात्रुभुमिमा परेका विभिन्न प्राकृतिक प्रकोप लगायतका धेरै संकटका बेला आर्थिक सहयोग जुटाएर सहयोग गर्दै आएको छ । सभापति सीता अर्यालले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यो विषम परिस्थितिमा सबै सुरक्षित र सम्यमित भयर बस्नु पर्ने बताएको छिन ।

अभियानमा आर्थिक सहयोग गर्नेहरुको नामावली…..

Leave A Reply

Your email address will not be published.