वार्ताका नाममा ओलीले नयाँ खेल रचे : माधव पक्ष

0

काठमाडौं : नेकपा एमालेबाट निष्काशित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले वार्ताका नाममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ खेल रचेको निष्कर्ष निकालेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भर्चुअल माध्यामबाट भएको बैठकमा नेताहरुले अध्यक्ष ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको बताएका छन् ।

बैठकमा सहभागी नेताहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो गर्न नहुने राय दिएका दिएका थिए ।

पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग वार्तामा थिए ।

यता नेकपा एमालेको ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्ने गरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेले पार्टीले कारबाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी समेत दिएको थियो ।

Leave A Reply

Your email address will not be published.