काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका अनुसार पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ८ सय ५ जनाको कोरोना आरटी पिसिआर परीक्षण गरिएको थियो । ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको छ ।

त्यस्तै २४ घण्टा संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको छ । निको हुने दर ८० दशमलव ८ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र थप १ हजार ४ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं जिल्लामा ९ सय ६९ जना, ललितपुरमा ३ सय ६ जना र भक्तपुरमा १ सय ८१ जनामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण भएका १ सय १ जनाको मृत्यु भएको प्रवक्ता पौडेलले जानकारी दिए । अहिले देशभर कोभिड संक्रमितको संक्रिय संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ ।