नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा आइतबार थप चार हजार तीन सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी थप १०९ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् ।

हाल मुलुकभर एक लाख ८ हजार ८९७  जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ७६३ जना क्वारेन्टिनमा रहेका छन् । 

Leave A Reply

Your email address will not be published.