थापाको परिवारले अस्वीकार गर्‍यो दुर्गा प्रसाईंको सहयोग

0

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको उपचारका लागि दुर्गा प्रसाईंले गर्ने भनेको सहयोग आवश्यक नपर्ने बताइएको छ । थापाको उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा २२ हजार २९१ अमेरिकी डलर र नेपालमा बैंक खातामा करिब रु २६ लाख ५० हजार जम्मा भएकाले उक्त रकमले थापाको उपचार गरिने शुभेक्षुक तथा परिवार जनले बताएका छन् ।

करिब दुई सातादेखि कोरोना संक्रमित भई नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिबाट थापाको उपचार भइरहेको शनिबार प्रसारित विज्ञप्तिमा जनाइएको छ ।

चिकित्सकका अनुसार थापालाई अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारका लागि लाग्ने खर्च व्यहोर्न परिवारको सहमतिमा साथीहरु तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् । 

हालसम्मको उपचारका लागि सहयोग गर्नुहुने साथी, शुभेक्षुक तथा आफन्त सबैप्रति कृतज्ञता जनाउँदै प्रसाईंले उपचारका लागि देखाएको सदासयताका लागि धन्यवाद ज्ञापन गरिएको छ ।

प्रसाईंले थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने बताएका थिए । 

Leave A Reply

Your email address will not be published.