प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

0

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।

जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिटमाथि आजबाट सुनुवाइ हुनेछ ।

विघटनविरुद्ध ३० वटा निवेदन दर्ता भएका छन् । रिट निवेदकले तत्कालन संसद पुनर्स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्ने छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश रहने छन् । प्रधानन्यायाधीशले आफूसहित वरिष्ठ न्यायाधीश मध्येबाट पाँच जनाको संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.