काठमाडौं : नेपालमा बिहीबार थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमणा पुष्टि भएको छ ।

देशभर गरिएको २० हजार ४१४ पीसीआर परीक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परीक्षणका क्रममा २०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पाँच लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १०६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप सात हजार दुई सय २६ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ४ लाख १८ हजार ८२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १  लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र एक हजार ९ जना क्वारेनटिनमा छन् । हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।