जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्छु : सभामुख सापकोटा

0

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्दै आफु अघि बढ्ने बताएका छन् ।

बिहीबार संसद भवनमा कानून र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्दै सभामुख सापकोटाले आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्ने बताए ।

सापकोटाले सरकार गठनका विषयमा कसको पक्षमा बहुमत छ वा छैन भन्ने कुराको निक्र्याैल संसद्ले गर्नुपर्नेमा राष्ट्रपतिले गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

परामर्शका क्रममा कानुनविद्हरुले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिले बहुमत खोज्नु नै गलत भएको टिप्पणी गरेका थिए । उनीहरुले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरेको बताए ।

यसअघि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग प्रतिनिधिसभा विघटनबारे परामर्श गरेका थिए । आगामी दिनमा राजनीतिक दल, नागरिक समाज र पत्रकार लगायतका सरोकारवालासँग छलफल गर्ने योजना रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.