बेल्जियमको गुम्बामा नेपालीहरुले मनाए २५६५ औ बुद्ध जयन्ति

0



बिश्व मानव जगतमा शान्तिको कामना गर्दै कोभिड १९ को महामारीबाट मानव जगतलाई
मुक्ति दिलाउन लामा गुरुबाट पुजापाठ सहित आदिवासी जनजाती महासंघ बेल्जियमले २५६५ औ बुद्ध जयन्ती मनाएको छ । बेल्जियममा स्थापित जातीय समाजहरुलाई समन्वय गर्दै २६ मे मा बेल्जियमको हुई स्थित बौद्ध गुम्बामा उपस्थित भएर बुद्ध जयन्ती मनाइएको हो ।

कोभिड 19 का कारण बेल्जियम सरकारद्वारा जारी नियमलाई सम्मान गर्दै सिमित ब्यक्तिहरु मात्रै सहभागी गराई आयोजना गरिएको कार्यक्रममा बेल्जियममा लामो समय देखि बस्दै रहदै आउनु भएका श्री रबिन्द्र गुरुङ्गको नेपाल जाने क्रममा नेपालमै मृत्यु भएको हुदा स्वर्गीय गुरुङ्ग प्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

यसैगरी बेल्जियमको अन्त्रोपेन शहरमा बस्नु हुने श्री जाङ्मबु शेर्पाको बुबा श्री आङ्ग ठिले शेर्पाको असामयिक निधन र आर्स्कोट निवासी श्री साईला लामाको ८९ बर्षीय आमा छेसोङ्ग डोल्मा लामाको २ मे २०२१ का दिन नेपालमा मृत्यु भएकोमा उहाहरुको स्वर्गीय आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

कार्यक्रममा सहभागी सम्पुर्णलाई खान/पिनको प्रायोजन स्वर्गीय आङ्ग ठिले शेर्पाको छोरा श्री जाङ्मबु शेर्पाले गर्नु भएको थियो । साथै गुम्बामा ध्वजा प्रायोजक गर्नु भएका तमु पूल हाउसका श्रीमती आई छिरीङ्ग शेर्पालाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।

यसै बिच गुम्बामै जनजाती महासंघसङ्ग आबद्ध जातीय समाजहरुको बैठक बसेर भएको निर्णय अनुसार आदिवासी जनजाती महासंघ बेल्जियमको मार्फत ६ थान अक्सिजन कंसनट्रेटर दिने निर्णय गरिएको छ । कार्यक्रम जनजाती महासंघ बेल्जियमका महासचिब नन्द घलेले सन्चालन गर्नु भएको थियो ।



Leave A Reply

Your email address will not be published.