मतदाता प्रभावित पार्ने बजेट नल्याउन सरकारलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव

0

काठमाडौं : निर्वाचन आयोगका पाँच पूर्व प्रमुख आयुक्तहरूले मतदाता प्रभावित गर्ने बजेट नल्याउन सरकारलाई सचेत गराएका छन् ।

सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्याउन सक्ने आशंकाबीच पाँच पूर्व प्रमुख आयुक्तहरूले त्यसले समान प्रतिस्पर्धा, स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित गर्न सक्ने उनीहरुको भनाइ छ ।

वक्तव्य जारी गर्नेमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्ग छन् ।

उनीहरुले प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको कामचलाउ सरकारले बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि मतदातालाई कुनै एक पक्षमा लाग्‍न प्रभाव पार्नेगरी लक्षीत कुनै किसिमका नयां नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै वक्तव्यमा उनीहरुले आफ्नो संबैधानिक दायित्वको ख्यालगरी सम्बद्ध पक्षलाई समयमै सजग गराउन निर्वाचन आयोगलाई सचेत पनि गरएका छन् ।

Leave A Reply

Your email address will not be published.