कोरोनाको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न बाइडेनको आदेश

0

एजेन्सी : कोरोना भाइरसको उत्पतिबारे आशंका बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिएका हुन् ।

एक वक्तव्य मार्फत उनले अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई निर्देशन दिएका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्तको उहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विश्वभर कोरोना भाइरसबाट १६ करोड ८० लाख भन्दा बढि संक्रमित भएका छन् ।

यस्तै कोभिड–१९ बाट विश्वभर ३५ लाख भन्दा बढि मानिसको मृत्यु भएको छ । वैज्ञानिकहरुले जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.