सनत आचार्य, बेल्जियम
बेल्जियम, २६ मे ।
प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति बिद्मादेबी भण्डारीद्धारा गरिएको संसद विघटन प्रति बेल्जियममारहेका बैचारिक संघसंस्थाहरुले बिरोध जनाएका छन् ।
नेपाली जनसम्पर्क समिती बेल्जियमका सभापति सीता सापकोटा, नेपाली जन प्रगतीशिल मंचका अध्यक्ष जीत लामा, प्रवासी नेपाली मंचका अध्यक्ष अर्जुन दाहाल र नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्र मगरद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा ‘कोरोना महामारीले सिंगों देश र नागरिक सिथिल बनाईरहेको अवस्थामा जनताले अक्सिजन समेत नपाएर दिन दहाडै सडकमै मृत्युबरण गर्न वाध्य आवस्थामा नागरिकको जिवन रक्षाको चिन्ता छोडेर राष्ट्रपति बिद्मादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्माओलीको मिलोमतोमा गरिएको संसद बिघटन प्रति ध्यानाकर्षण भएको जनाईएको छ ।
संयुक्त विज्ञप्तीमा नेपाल अधिराज्यको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त केपी शर्मा ओलीद्धारा सोहि धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनु पर्ने बाध्यकारी प्रावधानको उलंघन गर्दै, धारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनु पर्ने सिफारिस राष्ट्रपतिलाई गरेको र सोही बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न पाली काँग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा (एमाले) माधव समुह , जसपा र राजमो लगायतका प्रतिनिधि सभाका १४९ जना सांसदहरुले समेत हस्ताक्षर सहित दाबी गरेको अवस्थामा राष्ट्रपतिले संबैधानिकदायित्व समेत पुरा नगरेको ठहर छ ।
विज्ञप्तीमा राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमले नेपाली जनताको लामो संघर्षद्धारा प्राप्त लोकतान्त्रिक व्यवस्था र प्रणाली प्रतिको ठाडो हस्तक्षेप रहेको हाम्रो निष्कर्ष रहेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको असंबैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरन्कुश र प्रतिगमनकारी कदमको घोर निन्दा एवं भत्सर्णा गर्दै यो कदमका बिरुद्ध अडिग भई लड्न सम्पूर्ण जनसमुदायमासंग अपिल गरिएको छ ।