भारतले भन्यो- नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला, नियाली रहेका छौं

0

काठमाडौं : भारतले नेपालमा प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको र नेपालले आफैं सम्हाल्नुपर्ने भारतले बताएको छ ।

नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘नेपालमा अहिले भइरहेका राजनीतिक विकासक्रमलाई हामीले नियाली रहेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाको रुपमा लिन्छौं र उनीहरुको आफ्नै आन्तरिक ढाँचा र लोकतान्त्रिक प्रक्रियाअन्तर्गत नै समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

उनले अगाडि भने, ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि प्रवक्ता बागचीले बताए ।

Leave A Reply

Your email address will not be published.