लमजुङ : लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पले हालसम्म एक घर भत्किएको विवरण प्राप्त भएको छ । भूकम्पले बेशिसहर नगरपालिका-६ चनौटोमा घर भत्किँदा उमा गुरुङ सामान्य घाइते भएकी छन् । उनको हाल बेशिसहरको सामुदाहिक अस्पतालमा उपचार भइरहेको छ ।