काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट भेटिएको छ । देशका विभिन्न भागबाट संकलित नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

३५ वटा नमुनालाई भारतस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा अर्थात् ३४ वटा नमुनामा नयाँ भेरिअन्ट बी.१.६१७.२ र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको मन्त्रालयले बताएको छ ।

मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नयाँसहित नेपालमा अहिलेसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको जनाएको छ । 

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको मन्त्रालयले जानकारी दिएको छ ।

यो भेरियन्ट सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको बताउँदै स्वास्थ्य मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

No description available.