सनत आचार्य; ब्रसेल्स, मे १८,
युरोपियन युनियन मातहतको युरोपियन नागरिक संरक्षण तथा मानवीय सहयोग कार्यक्रमले नेपाललाई दोश्रो पटक थप स्वास्थ्यसामग्री सहयोग गरेको छ ।
बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीका अनुसार ईयुले उक्त सहयोग हिजो (सोमवार) घोषणा गरेको हो ।
राजदुत राजभण्डारीले ईयुबाट सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्री जतिसक्यो छिटो नेपाल पठाईने जानकारी दिदै अन्य संघसंस्थाहरुलाई पनि यसै गरी सहयोग गर्न आव्हान गर्नु भएको छ ।
ईयुले सहयोग गरेको स्वास्थ्य सामग्रीमा ३० लाख मास्क, ५२ हजार ५०० पन्जा, ३० हजार गाउन, २० हजार एन्टिजेन किट र १४ थान भेन्टिलेटर रहेका छन ।
यसभन्दा अघि पनि ईयुले करिब २८ करोड रकम बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।