काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन केन्द्र नखोल्न आग्रह गरेको छ ।

कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन केन्द्र खोल्ने क्रम बढेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विना आइसोलेसन केन्द्र बनाउनु घातक हुने चेतावनी दिएको छ ।

मन्त्रालयले सामान्य भौतिक पुर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने गरी बनाइएका आइसोलेसन केन्द्रहरुले उल्टै समस्या उत्पन्न गर्ने बताएको छ ।

टोल टोलमा आइसोलेसन केन्द्रका नाममा स्वास्थ्य सामग्रीहरुको ठूलो खपत हुने र अति आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामग्रीको अभाव हुन सक्ने भन्दै मन्त्रालयल चिन्ता समेत व्यक्त गरेको छ ।