काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारलाई कि बैकल्पिक सरकारलाई सर्मथन गर्ने भन्ने विवादले विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी प्रस्तुत गरेको छ ।
अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने स्पष्ट पारेका छन् ।
जसपाले अहिलेको सरकारमा भने सहभागी नहुने प्रष्ट पारेको छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।
दुई अध्यक्ष ठाकुर र यादवद्धारा जीरी विज्ञप्तीमा तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेताल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने उल्लेछ ।
तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने अध्यक्षद्धयले स्पष्ट पारेका छन् ।
नेकपा एमालेको नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भएको थियो । बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष वैकल्पिक सरकार गठनको पक्षमा देखिएका थिए भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा थिए ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने क्रममा पनि ठाकुर महतो पक्ष तटस्थ बसेको थियो भने भट्टराई–उपेन्द्र पक्षले विपक्षमा मतदान गरेको थियो ।