
दिपक न्यौपाने , बेल्जियम ,
नेपाली समुदायको लागि सबैको साझा चौतारीको रुपमा गैह्र आबासीय नेपाली संघले आफ्नो परिचय बनाएको छ । यो संगठनले राम्रो काम गरे प्रबासको नेपाल समाज खुशी हुने र जनभाबना समेट्न नसके टिका टिप्पणी हुने गर्दछ । सबैले सोचे अनुसार संगठन चल्नको लागि यसको नेत्रित्व गर्ने ब्यक्तीहरु इमान्दार र सामाजिक सोच भएको हुनु पर्ने आज सम्मको हाम्रो अभ्यासले देखाएको छ ।
गैर आबासीय नेपाली संघको आगामी कार्य योजना र नेत्रित्वको लागि बहस चलि रहेको बेला हाम्रो आगामी कदम सहमति र सहकार्य गर्नका लागि आत्मचिन्तन गर्न आबस्यक भएको छ ।
हामी सबैले सहमति र सहकार्यको लागि आफु एक कदम पछाडी हटेर अरुको पनि योग्यता अनि क्षमतालाई स्वीकार गर्न सकेको खण्डमा मात्र सर्ब सहमतिहुने हो । म मात्र सक्षम छु भन्ने भावना त्यागी हामी सबै सक्षम छौँ भन्ने भावनालाई आत्मसाथ गर्न सकेको खण्डमा सामाजिक सेवामा हामीले चाहेको नेतृत्वको चयन गरि त्यो नेतृत्वले समाजको आशा बमोजिम कार्ययोजना बनाई त्यो कार्यसम्पादन गर्न सक्छ । त्यो कार्य योजना बनाउदा त्यस सरोकारका पात्र हरुलाई कति उपलब्धी भयो वा त्यसको उदेश्य प्राप्तीमा रहेको चुनौतीलाई समाधान गर्न पनि सामुहिक निर्णय प्रक्रियालाई आत्मसाथ गर्न सकेको खण्डमा मात्र सम्भब छ ।
यो समय सर्ब सहमतिको प्रयासलाई तिब्रता दिदै आवश्यक परेमा सौहार्द बाताबरणमा लोकतान्त्रिक बिधि प्रक्रियाबाट नेतृत्व चयन गर्नु नै हो । चाहे त्यो सर्बसहमति होस् या चुनाबी प्रक्रिया नै किन नहोस सँस्था को नेतृत्व चयन गर्ने बेलामा आम सर्बसाधारणको भावनाले ठुलो भूमिका खेल्ने हुनाले सम्पूर्ण गैर आवासीय नेपाली बुवा आमा दाजु भाईको कर्तब्य पनि हुन आउछ कि स्वत फुर्त रुपमा सँस्थाको सदस्यता बनेर आफ्नै लागि भनेर खोलिएको सँस्था सहि बाटोमा हिडेको छ कि नाई यसको नेतृत्व चयन प्रक्रियामा के कसरी भएको छ भनेर यसले गरेका वा गर्न खोजेका राम्रा कार्यलाई प्रोत्साहन एबं बाटो विराएको अनुभूति भएमा खबरदारी गर्ने कार्य हामी सबैले गर्नुपर्ने हुन्छ ।
अहिलेको परिस्थितिलाई आत्म साथ गर्दै आदरणीय अग्रजहरुको त्याग योजना एबं रगत पसिनाको समेत मुल्यांकन गर्दै सम्पूर्ण नेपाली समुदायको चाहना सल्लाह सुझाबलाई समेत मध्य नजर गर्दै आगामी एन आर एन ए को कार्ययोजना बनाउन हामी सबै लागि परौं ।
आसन्न निर्वाचनमा एक कदम पछाडी हटेर वा अगाडी बढेर नै किन नहोस गैर आवासीय नेपाली संघको अभियानलाई समयको माग र आवश्यकता अनुसार नयाँ उचाईमा लैजान सक्ने सबल नेतृत्व चयन गर्न हामी सबै उदार दिलले लागौं । यसरी लाग्दै गर्दा नेपालको राजनैतिक समीकरण नहेरी हामी प्रबासी नेपालीका साझा मुद्दालाई केन्द्र बिन्दुमा राखेर त्यसको हल गर्न सक्ने वा गर्न प्रतिबद्दता व्यक्तिलाई अगाडी लैजाऊ ।
हाम्रो अभियान सफल बनाउन केवल पद प्रतिष्ठा खोज्ने समय यो होइन यस अभियानलाई भोलि अझ सशक्त ढंगले अगाडी बढाई हाम्रा सामुहिक हित र चासोका माग सम्बोधन गर्न सके र हाम्रो संगठन बलियो बनाउन सक्यौ भने पालो फेरि पनि आउछ । आजको आबस्यकता संगठनको दीर्घकालिन योजना र त्यसमा हामी सबैको भबिष्य कसरी सुरक्षित हुन सक्छ त्यस बारेमा सोच्नु र सबैको साझा निर्णय गर्नु आबस्यक छ ।
हाम्रो दोस्रो पुस्तालाई कसरी यस अभियानमामा जोड्ने भन्ने प्रश्न अहिले गम्भीर बनेको छ I
अहिलेको पुस्ता आजको युग बुझेको अनि भबिश्यलाई योजना बनाई त्यो योजना कार्यन्वयन गर्न स्पस्ट कार्यदिशा लिएर अगाडी बढ्ने सामर्थ्य राखेको छ । यो उर्जाबान युवा शक्तिलाई र हिजो गैर आवासीय नेपाली संघको आवश्यकता पहिचान गरि यस सँस्थाको स्थापना गरि यहाँ सम्म ल्याई पुर्याउने हाम्रा अग्रजको मिहिनेत रगत पसिनालाई हामीले उचित संयोजन गर्ने नेतृत्व चयन गर्न सकेको खण्डमा यस अभियानले समेट्न नसकेको धेरै बर्ग समुदाय यस अभियानमा पुन जोडिने र मातृभूमि संगको हाम्रो अभियान थालनी गर्दा देखिका मागलाई सम्बोधन हुने हुदा सम्पूर्ण गैर आवासीय नेपाली हरुले एकढिक्का भएर सोच्नु पर्ने बेला आएको छ I
लेखक- गैह्र आबासिय नेपाली संघ बेल्जियमका सचिब हुन ।