काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ ।
काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा उनको शनिबार बिहान निधन भएको हो ।
कोरोना संक्रमणपछि उनलाई दुई साता अघि अस्पताल भर्ना गरिएको थियो ।
उनको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खबरले मर्माहित भएको छु । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, देउवाले शोक वक्तव्यमा भनेका छन् ।