पृथ्वीसुब्बा गुरुङ पुनः बने मुख्यमन्त्री
काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् ।
नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले दिएको समयसिमामा बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरे पनि जनमोर्चाका दुई सांसदले साथ दिएनन् ।
गुरुङ मुख्यमन्त्री पदमा नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।