काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

0

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप १५ दिन निषेधाज्ञा गर्न सफारिस गरेको हो ।

उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप दुई साता निषेधाज्ञा गर्ने कि नगर्ने भन्ने निणर्य गर्ने छ ।

कारोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो । एक साताको निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो ।

अहिले काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.