काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको मतदानमा आफूहरु तटस्थ बस्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोकतन्त्रमा पनि आफूहरु पीडामा रहेको बताउँदै आफूहरुले पक्ष या विपक्षमा मतदान नगर्ने बताएका हुन् ।
उनले भने, ‘लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौँ । रेशम चौधरीलाई त हामी यहाँ हेर्न चाहन्थ्यौँ । तर, उहाँ आज जेलमा हुनुहुन्छ । हाम्रो प्रदेश सांसद, मेयरलगायतका थुप्रै नेताहरु जेलमा हुनुहुन्छ । त्यसैले हामी मत मत दिन्नौँ, पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ ।’
ठाकुरले प्रधामन्त्रीले आफ्ना मुद्दाहरु सुनेको र कार्यान्वयन गर्ने पनि बताएको जानकारी गराए । जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरुको विषयमा निर्णय गर्न पनि आग्रह गरे ।