काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध लडाईं लडिरहेका बेला सरकारलाई अप्ठेरोमा पार्ने काम भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महामारीविरुद्धको लडाईंमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरेका हुन् ।
संसारभर कोरोनाविरुद्धकव हाहाकार हुँदा दक्षिण एसियामै भारतपछि नेपालले खोप अभियान शुरु गरेको उनले दाबी गरे ।
कोभिड-१९ खोपको विषयमा भ्रष्टाचार भएको कुरा गरेर आफूमाथि हिलो छ्याप्ने काम भएको उनको भनाइ थियो।
‘कारण जे सुकै होस् हाम्रा प्रयत्न, ध्यान चिन्तन जे कुरामा केन्द्रित हुनुपथ्र्याे त्यसो भएन । मलाई अचम्म लाग्छ हामी कोभिड विरुद्धको लडाइँमा छौं तर, सरकारमाथि, प्रधानमन्त्री माथि हिलो छ्याप्ने, औषधि खरिदमा खरिद हुन लाग्दा भ्रष्टाचारको आरोप लगाउने काम भयो । हुँदै नभएको कनेक्सन जोड्ने काम गरियो,’ उनले संसदमा भने ।