नेपाल पक्षको निर्णय : राजीनामा नदिने, प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने

0

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा विश्वासको मत नदिने भएका छन् । नेपाल पक्षले प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निणर्य गरेको छ । 

राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू सोमबार सिंहदरबारमा छलफलमा जुटेका थिए । उक्त बैठकले सोमबार बस्ने प्रतिनिधिसभामा अनुपस्थित हुने निणर्य गरेको हो । 

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ । नेपाल समूहका २२ जना सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नुहने भएका छन् ।

Leave A Reply

Your email address will not be published.