प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठका विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी थिइन् ।

शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी संसद सचिवालयको छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

संक्रमित सांसद छलफलमा सहभागी हुन पाउँदैनन् । सभाहलमा के भइरहेको छ उनीहरूले सुन्न भने पाउनेछन् । त्यसका लागि सचिवालयले प्रांगणमा प्रोजेक्टरको व्यवस्था गर्नेछ । 

नेकपा एमालेले ह्वीप जारी गर्दै सबै सांसदलाई प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्न भनेको छ । तर एमालेभित्र विवाद उत्कर्षमा पुगेकोले माधव नेपाल पक्षका सांसदले मतदान गर्छन् कि गर्दैनन् यकिन नहुँदा प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन कठिन हुने देखिएको छ । 

Leave A Reply

Your email address will not be published.