विश्वासको मतबारे जसपाले ह्वीप जारी नगर्ने

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ ।

जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।

जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर र लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो ।

पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो । जसपा नेताहरुले पार्टी विभाजन रोक्नका लागि यस्तो निर्णय लिइएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.