नेपालमा कोरोना संक्रमणबाट थप ८८ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए

0

काठमाडौं : नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १८ हजार ७८७ जनाको पीसीआर परीक्षणमा ८ हजार ७७७  र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।

त्यस्तै थप ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा तीन हजार सात सय २० जनाले कोरोनाका कारण हालसम्म ज्यान गुमाएका छन् ।

त्यस्तै थप चार हजार २२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालम तीन लाख दुई हजार सात सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

हाल ८८ हजार १६० सक्रिय संक्रमित आइशोलेशनमा र ४१९ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०४ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.