कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएकाे छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमा रहेकाे प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले आफूमा कोरोना संक्रमणका लक्षण देखिएको र औषधि सेवन शुरु गरेको जनाएका छन् । ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको उनले बताए ।
उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन् ।

