अन्नपूर्ण ब्रुसेल क्लबले मे एक तारिखमा बालबालिकाहरुको म्याराथन आयोजना गरेको छ । ब्रसेल्सको मारियस रिनार्दलानमा आयोजना गरिएको दौडमा १२ बर्ष मुनिका ७२ जना बालबालिकाहरुले भाग लिएका थिए ।
प्रतियोगिताको शुभiरम्भ गर्दै युरोपियन युनियन एबम् बेल्जियमका लागि महामहिम राजदुत गेहेन्द्रराज भण्डारीले कोरोनाको प्रबन्धित अवस्थामा पनि आबस्यक नियम पालना गरेर बाबु नानीहरुको हौसला बढाउन र सकारात्मक सन्देश प्रबाह गर्न आयोजना गरिएको म्याराथनमा सह्भागि हुन पाउदा खुशी लागेको बताउदै यस्तो कार्यक्रमले जीबन गतिशिल बनाउन र भबिष्य प्रति आशाबान बनाउन सहयोग पुग्ने बताउनु भयो ।
त्यसै गरी आयोजक अन्नपूर्ण ब्रुसेल क्लबको तर्फबाट सन्तोष खड्का र हरी श्रेष्ठले घरको चार दिवार भित्र गुम्सिएर बस्नु पर्ने बाध्यतालाई चिर्दै सकारात्मक सोच र उर्जा जगाउने उद्द्यस्यले आयोजना गरिएको कार्यक्रममा सहभागि हुनु भएका सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमलाई पूर्व प्रदेश मन्त्री पास्कल र नगरप्रमुखले सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो । उक्त म्याराथनलाई आन्दरलेख्त नगरपालिका, एन ब्रुसेल, कन्ट्र्याक्ट ब्रुसेल, द रिन्क , फेनिक्स भिजेड्वे, लगायतले सहयोग गरेका थिए ।
म्यराथनमा सहभागि बालबालिकालाई युरोपियन युनियन र बेल्जियमका लागि नेपाली राजदुत महामहिम गेहेन्द्र राज भन्डारी र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले मेडल र उपहार प्रदान गर्नु भएको थियो । कोरोना प्रतिबन्धको पालना गर्दै ब्रसेल्सको नेपाली समुदाय लगायत स्वयमसेबकहरुले कार्यक्रम सफल बनाउन स्वत:स्फुर्त सहयोग गर्नु भएको थियो ।
साना बाबुनानीहरुका आमा बुवाहरुले कोरोना प्रतिबन्धमा गुम्सिनु परेको अवस्थामा बालबालिकाहरुको लागि यस खाले उल्लासको कार्यक्रमको आयोजना गरेकोमा आयोजकहरुको प्रशंशा गर्नु भएको थियो ।
BRUSSELS KIDS MARATHON 1-5 – YouTube
Video Credit- Namaste Mitra ,