श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइन्छ : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याइने बताएका छन् । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक बढाइने बताएका हुन् ।

हाल श्रमिकले न्युनतम १३ हजार चार सय ४० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्याइने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको बताएका छन् । एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको ओलीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.