ओलीद्वारा अन्तरपार्टी निर्देशिका जारी, महाधिवेशन आयोजक समितिको निर्णय कार्यान्वयन गर्न निर्देशन

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्यूतिँएपछि गरेका निर्णयहरु कार्यान्वनका लागि अन्तरपार्टी निर्देशिका जारी गरेका छन् ।

माधव नेपाल पक्षको अनुपस्थितीमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकका निर्णय कार्यान्वनका लागि अध्यक्ष ओलीले निर्देशिका जारी गरेका हुन् ।

१९ पेज लामो अन्तरपार्टी निर्देशिकामा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटी गठनलगायतका निर्णय समावेश गरेका छन् ।

नेपाल पक्षको अनुपस्थित विना बसेको बैठकले नेपाल पक्षलाई हटाएर एकलौटी रुपमा १९ जनाको स्थायी कमिटी घोषणा गरेको थियो ।

अन्तरपार्टी निर्देशिकामा पार्टीका विवादित संरचनाहरु कायमै राख्ने, असारसम्म सदस्यता नवीकरण गरिसक्ने र भदौमा वडातहसम्मको अधिवेशनहरु गर्ने योजना उल्लेख छ ।

निर्देशिकामा माधव नेपाल समूहका बारेमा कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने उल्लेख छ ।

\

Leave A Reply

Your email address will not be published.