पोखरा : स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई खेलकुद मन्त्री बनाएका हुन् ।
यसअघि सातैवटा प्रदेशमा खेलकुद मन्त्रालय थिएन । सामाजिक विकास मन्त्रालय माताहतमा खेलकुद मन्त्रालय गाभिएको छ ।
खेलकुद मन्त्री नियुक्त भएका मनाङेले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ ग्रहण गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।
गुण्डा नाइकेको रुपमा चिनिनि मनाङे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए ।