प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । सीतालाई मंगलबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको अस्पतालले जानकारी दिएको छ । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ‘पीएसपी’ बाट पीडित छिन् ।

गत पुषमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो ।

Leave A Reply

Your email address will not be published.