काठमाडौं : नेपालमा सोमबार थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ । 

देशभर गरिएको १२ हजार चार सय पिसिआर परिक्षणका क्रममा ३४ सय ४२ र ८९३ वटा एन्टीजेन परीक्षणका क्रममा ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख तीन हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १७६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३७८ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा दुई लाख ७७ हजार ९५१ जनाले कोरोना जितेका छन् । हाल नेपालमा २२ हजार ४३४ संक्रिय संक्रमित आइशोलेशनमा र ६५ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २४ लाख १७ हजार ४१७ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।