त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मंगलबारबाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’
एकसाता अघिबाट मानविकी, व्यवस्थापन, शिक्षा संकायको वार्षिक परीक्षा सञ्चालन हुँदै आएको थियो ।
यसअघि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।