उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

0

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरू १ हप्ताका लागि बन्द गरेको छ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बन्द हुने सेवाहरूमा नागरिकता वितवरण, प्रतिलिपी कागजात, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नविकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता नविकरण रहेका छन् ।

Leave A Reply

Your email address will not be published.