रचना र प्रविनको ‘दुनियाले आँखै लगाउने’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : गायिका रचना रिमाल र गायक प्रविन बेडुवालको स्वरमा ‘दुनियाले आँखै लगाउने’ बाेलको गीत सार्वजनिक भएको छ ।
लोक गायक तथा शब्द संकलक कमल खनालको शब्द र संगीतमा बनेको ‘दुनियाले आँखै लगाउने’ म्युजिक भिडियो कमल खनालकै युट्युबबाट सार्वजनिक गरिएको हो ।
रिमा रेकर्डिंगबाट आएको गीतको म्युजिक भिडियोमा रचना र प्रविन नै रहेका छन् । मनोज खड्काले यो गीतको संगीत एरेन्ज गरेका हुन् । यो गीतको म्युजिक भिडियो उदिराम खड्काले निर्देशन गरेका हुन् ।
माया र प्रेममा परेका युवा र युवतीको प्रेमिल बार्तालाप यो गीतमा सुन्न सकिन्छ । चर्चित लोक गायक खनालले सार्वजनिक गरेको यो पहिलो आधुनिक गीत हो ।
खनालको एक महिना अघि मात्र ‘रुमाल रुमाल जाले रुमाल’ नामको दोहोरी गीत सार्वजनिक भएको थियो ।