ओली-नेपाल भेटवार्ता : ‘छलफलमा कुनै प्रगति भएन’
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ ।
काठमाडौंको मेरियट होटलमा करिब डेढ घण्टा भएको छलफलमा पार्टी विवादका विषयमा केन्द्रित रहेको थियो । भेटमा दुई नेताले पार्टीको विवाद समाधानका विभिन्न उपाय बारे छलफल भएको बताइएको छ ।
भेटपछि प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै छलफलमा कुनै प्रगति नभएको बताए । नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’
नेताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो । बिहीबारको भेटमा क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहरालगायतका दृश्य अवलोकनसमेत गरेका थिए ।