काठमाडौं : नेपालमा मंगलबार थप १७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ५५ पिसिआर परिक्षणका क्रममा १६ सय ६७ जना र ६८३ वटा एन्टीजेन परिक्षणका क्रममा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार १ सय दुई जनाको कोरोनाका कारण मृत्युु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २५१ जना संक्रमित निको हुँदा नेपालमा हालसम्म दुई लाख ७५ हजार ८०६ जना संक्रमित निको भएका छन् । हाल नेपालमा आठ हजार ६ सय ५९ जना आइशोलेशन र ९२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ वटा पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।