बालुवाटारमा पूजाआजा गरेर राम-सीताका मूर्ति चितवनको अयोध्यापुरी पठाइयो

काठमाडौं : चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा पूजाआजा गरि रथ यात्रा गरेर चितवन पठाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुपूर्व आज विहान बालुवाटरमा पूजाआजा गरेका हुन् ।
चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बिहानै विधिवत पूजाका लागि अनुष्ठान कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए ।