कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना बने मन्त्री

0

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ ।

शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

 शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन पार्टीको ह्वीप  उल्लंघन गरेका थिए ।

३९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएपछि सरकार जोगिएको थियो ।

Leave A Reply

Your email address will not be published.