जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।
उनले ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।
यसअघि सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रणउन्मुख रहे पनि अहिले बढ्दै गएको उनले बताएकी छिन् ।
“कोभिड–१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रणउन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु,” उनले भनेकी छन् ।