राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै

0

काठमाडौं : ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको आज अन्तिम संस्कार गरिँदैछ ।

अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ ।

राजकुमार फिलिपको शव विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ ।

राजकुमार फिलिपको अन्तिम संस्कारमा कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण सामाजिक दूरी कायम गर्दै ३० जना मात्र सहभागी हुन पाउने छन् ।

Leave A Reply

Your email address will not be published.