बाँकेमा बस र ट्रक ठक्किँदा ५ जनाको मृत्यु

0

बाँके : बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र अनटेस्ट टिपर ठोकिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका १२ का उदय बाठा, खगेन्द्र सुनार, झापा मेचीनगर–१० का छत्र कटवाल, सुर्खेत विरेन्द्र नगरपालिका–५ का जीवनक कुमार बि.क. रहेका छन् । एक जना महिलाको भने पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी ३७ जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.