एजेन्सी : ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । ताइेपेईबाट ताइतुङ गइरहेको करिब ३ सय ५० यात्रु रहेको रेल दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनामा अन्य ७२ जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनालाई चार दशककै सबैभन्दा ठूलो मानिएको छ ।
ट्रकलाई ठक्कर दिएपछि रेल सुरुङभित्र लिक बाहिर गएर दुर्घटनाग्रस्त भएको हो । अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ ।