कांग्रेसले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं : कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कांग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि  बैठक अवरुद्ध गरेको थियो ।

उनीहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध जारी राखेपछि सभामुख अग्नि प्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन् ।