नेपाल पत्रकार महासंघ बेल्जियमको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
बुधवार भर्चुअल माध्यम द्वारा सम्पन्न अधिबेशनमा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले शुभकामना राख्दै सभ्य र सम्मुन्नत समाज निर्माणमा पत्रकारहरु योगदान मह्त्वपूर्ण भएकोले सत्य तथ्य र निष्ठामा अबिचलित कलम चलाऊन र समाजको बिकासमा साझेदारी गर्न आग्रह गर्नु भयो । बिदेशमा बसेर पत्रकारिता मार्फत देशलाई जोड्न कृयाशिल पत्रकारहरु सँग नेपाली दुताबास नजिक् रहेर काम गर्न इछ्छुक रहेको पनि बताउनु भयो ।
अधिबेशनको सफलताको शुभकामना दिदै नेपाल पत्रकार महासंघका केन्दिय उपाध्यक्ष बिपुल पोख्रेलले महासंघको बिधिबिधान र आचारसन्हिताको पालना साथै आफु रहेको देशको कानुनको अधिन रही पत्रकारिता गर्न आग्रह गर्नु भयो । बेल्जियम शाखामा आबद्ध पत्रकारहरुलाई बधाई दिदै नेपाल पत्रकार महासंघको परम्परा अनुसार आपसी मेलमिलाप र सहकार्य गर्दै नेपाल बाहिर रहेको समाजलाई जिम्मेवार बनाउन र नेपाल सँग जोड्ने काम गर्न पनि आग्रह गर्नु भयो ।
अर्का बक्ता गैरआबासीय नेपाली संघका केन्द्रीय सहकोषाध्यक्ष लोक दाहालले एनआरएनएको अभियानलाई प्रबासका पत्रकारहरुले नेपाली समुदाय सम्म पुर्याउन उल्लेख्य भूमिका खेलेको र अभियानलाई गलत बाटो जानबाट सचेत गराएको भन्दै आगामी दिनमा पनि पत्रकारिताका माध्यमबाट एनआरएन अभियानलाई सहयोग गर्न अनुरोध गर्नु भयो ।
अधिबेशनको लागि केन्द्रीय प्रतिनिधि बरिष्ठ पत्रकार भगिरथ योगीले आफु जोडीएको समाजलाई उन्नत बनाउन र देश सँग जोड्न प्रबासका पत्रकारहरुले गरेको योगदानको समाज उचित स्थान दिएकोले सामाजिक सद्भाब र एकतालाई बल पुग्ने गरी जनचेतना फैलाउन आग्रह गर्नु भयो ।
अधिबेशनको सफलताको कामना गर्दै गैर आबासिय नेपाली संघका युरोप सन्योजक नारायण आचार्य, आईसीसी सदस्य सुभाश जोशी, बेल्जियम अध्यक्ष चित्र सुबेदी, अतिथीहरु नरेश खपाङ्गी मगर (अध्यक्ष,नेपाल पत्रकार महासंघ, बेलायत) योगेन्द्र मिलन छन्त्याल (संयोजक, नेपाल पत्रकार महासंघ, पोर्तुगल)करिम बक्स मिया (अध्यक्ष, नेपाल पत्रकार महासंघ, कतार) लक्ष्मण खनाल (अध्यक्ष, नेपाल पत्रकार महासंघ, युएई) संजय कंडेल (संयोजक, प्रेस युनियन, यूरोप) मोहन घले (अध्यक्ष, नेपाल पत्रकार महासंघ, जापान) डिल्ली अम्माइ (का बा. अध्यक्ष, नेपाल पत्रकार महासंघ, यूरोप) कलेन्द्र सेजुवाल (के स. नेपाल पत्रकार महासंघ) महेश थापा (भूतपूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ, यूरोप) नेत्र मगर (अध्यक्ष, नेपाली समाज, बेल्जियम ) सीता सापकोटा (सभापती, नेपाली जनसंपर्क समिती, बेल्जियम) रमेश कंडेल (सचिव, प्रवासी नेपाली एकता मन्च, बेल्जियम) पूर्ण विश्वकर्मा (अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगल) मेख गुरुङ्ग (अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम)
बिष्णु भुजेल (अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, यूरोप) लगायतले पत्रकारहरुलाई निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह गर्दै नेपाल र नेपालीको हितमा काम गर्न सबै संघ संस्थाको सहकार्य आबस्यक छ भन्नु भयो ।
नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सचिब शेर बहादुर छन्त्यालले गर्नु भएको थियो । दोश्रो शत्रमा संस्थाका गतिबिधिको प्रगती प्रतिबेदन र आगामी योजनाको बारेमा छलफल र सन्कल्प प्रस्ताब सुझाब सहित पारीत गरिएको थियो । शाखाको आगामी कार्यसमितीको निर्वाचन सम्पन्न गर्नको लागि नेपाल पत्रकार महासंघ युरोपका पूर्व अध्यक्ष महेश थापालाई जिम्मेवारि दिएको छ ।
शाखाको अधिबेशनको अबसरमा नेपालको बिकट क्षेत्रमा पत्रकारिताको माध्यमबाट जनचेतना फैलाउन कृयाशिल रहेका कान्तिपुरका कर्णाली ब्युरो प्रमुख पत्रकार कलेन्द्र सेजुवाललाई नगद पुरुस्कार सहित सम्मान गरेको छ ।