ओली समूहको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइयो, विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई हटाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रचण्ड-माधव समूह निकट गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिइएको हो । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । 

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेका हुन् । 

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशिल भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।